दुई तहमा आयोजना भएको वादविवाद प्रतियोगितामा कक्षा पाँचदेखि कक्षा सातको शीर्षक विदेशी संस्कृतिभन्दा नेपाली संस्कृति नै उत्तम रहेको थियो र उक्त विधातर्फ कक्षा ६ की प्रशिष्का बराल प्रथम कक्षा ७ की थनिशा पोख्रेल द्वितीय र कक्षा ७ की अदिति झा तृतीय भए ।त्यस्तै कक्षा ८ देखि कक्षा १० तर्फको शीर्षक भाग्य भन्दा परिश्रम ठूलोबाट प्रथम कक्षा १० की कृतिश्री थापा, द्वितीय स्थान कक्षा ९ की सरस्वती हेमरम र तृतीय कक्षा ९ का प्रशान्त कामत भए ।वादविवाद कार्यक्रमको निर्णायकमा वरिष्ठ साहित्यकार तथा पत्रकार मिनकुमार नवोदित र पत्रकार वीरेन्द्र साहरहेका थिए ।विजेता विद्यार्थीलाई विद्यालयका प्रधानाध्यापक प्रेमलाल सिंह सुवाले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।